पश्चिम युरोपमा भारी वर्षापछिको बाढीपहिरोमा कम्तीमा १२० जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ श्रावण २, शनिबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

साउन २, काठमाडौ । पश्चिम युरोपमा भारी वर्षापछिको बाढीपहिरोमा कम्तीमा १२० जनाको मृत्यु भएको छ । कयौँ मानिसहरु बेपत्ता भएका छन् । बाढीले जर्मनी, बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन प्रभावित भएको छ । बाढीको असर सबैभन्दा धेरै असर जर्मनीमा परेको जनाइएको छ ।

एक महिनामा पर्ने पानी २४ घण्टाभित्रै परेको त्यहाँको मौसम विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जर्मनीमा नौ घण्टामा अधिकतम २ सय ७ मिलीलिटरसम्म पानी परेको छ । मृतक अधिकांश जर्मनीका छन् ।

जर्मनीको राइनल्यान्ड प्यालाटिनेट राज्यका १३ सय नागरिक हराइरहेका बीबीसीले जनाएको छ । जर्मन मौसम विभागका प्रवक्ता एन्ड्रियास फ्रेडरिकले अहिलेको बाढी यो शताब्दीकै ठूलो मानिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस